जनता समाजवादी पार्टी धनुषाका युवा नेता तथा हंसपुर नगरपालिका का मुकेश यादव ले निरन्तर २६ औं पटक रक्त दान गरेका छन ।
यस अघि २५ पटक रक्तदान गरेका जनता समाजवादी पार्टीका यूवा नेता यादवले आज प्रादेशिक अस्पताल जनकपुरको रेड्क्रस मा रक्तदान गरेको हो। जनकपुर-१९ जमुनिया का रज्निस चौधरी लाई प्लेटलेट मा खराबी समस्या रहेका ले जानकी हेल्थ केयर मा भर्ना भएकोले रगतको आवस्यकता भेकोले यादवले रक्तदान गरेका हुन ।
युवा नेता यादवले सामाजिक बिकृति विसंगतिको अन्त्यका लागि अगाडी बढ्दै समाजमा सकारात्मक भुमिका खेल्ने अभियानी तथा युवाहरुलाई रक्तदान गर्दा शरिरलाई झन फाईदा पुग्ने तर्फ अग्रसर गराएका छन ।
युवा समाजका गहना हुन्, उनीहरुको संरक्षण गर्नु हाम्रो दायित्व रहेकोले समाजका हितका खातिर कार्य गर्नेलाई साथ सहयोग गर्ने बताए ।
कोभिड –१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न यादवले रक्तदान गरेका हुन् । विरामीहरुले माग गरेको बेला रगक्त उपलब्ध गराईरहेको यादबले बताए ।
नेता यादव हाल समाजिक सेवामा सक्रिय रहेको छ । र त्रिनेत्र कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ्ग कन्सलटेन्सी जनकपुरधाम को संचालक पनि छ्न।













