Advertisement

ओलिलाई धनुषामा ठुलो झटका : केन्द्रीय कार्य समिती सल्लाहकार यादव पार्टी प्रत्याग

न्युजडेस्क
२०७९ आश्विन १०, सोमबार १५:३५

जनकपुरधाम, असोज १० गते । नेकपा एमालेका नेता गंगाराम यादवले पार्टी त्याग गरेका छन् । नेता यादवले आज पत्रकार सम्मेलन गर्दै आफूले नेकपा एमाले त्याग गरेको बताएका हुन् ।

यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए ।

तर, नेकपा एमालेले सो क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई अघि सारेको छ । सोही कारण रुष्ट यादवले एमाले त्यागेको घोषणा गरेका हुन् ।

उनले आफूलाई पार्टीले मूल्यांकन नगरेका आरोप लगाएका छन् । एमालेले पुरानोलाई अवमूल्यन गरेर नयाँलाई मात्रै अवसर दिएको उनले आरोप लगाए ।

यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने तयारीमा छन् ।  जसपाले यादवलाई सोही क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार बनाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर