Advertisement

धनुषामा एमालेलाई ठुलो झटका गंगाराम यादव दलबल सहित जसपामा प्रवेश

न्युजडेस्क
२०७९ आश्विन १३, बिहीबार १६:२६


जनकपुरधाम, असोज १३ । पछिल्लो समयमा मधेशमा नेता कार्यकर्ता भित्र्याउन अभियान नै चलाएको नेकपा एमालेलाई धनुषा जिल्लामा ठुलो झटका लागेको छ ।
नेकपा एमाले सल्लाहकार परिषदका सदस्य गंगा राम यादव दलबल सहित जनता समाजवादी पार्टीमा प्रवेश गरे पछि एमालेलाई धनुषामा झटका लागेको हो । धनुषामा समाजसेवीको रुपमा परिचित यादव नेकपा एमाले संगको ४० वर्षको यात्रालाई विराम दिदै सोमवार पार्टीबाट राजिनामा गरेका थिए ।
जसपा सुप्रीमो उपेन्द्र यादव आफै धनुषाको शहीद नगर पुगेर गंगाराम यादवलाई पार्टीमा भित्र्याएका छन । गंगाराम यादव संगै हजारौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन ।
नवप्रवेशी यादवलाई जसपाले धनुषा २ मा प्रतिनिधि सभाको उम्मेदवार बनाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर