Advertisement

प्रदेश २ का कृषि मन्त्री साह द्वारा बकर-ईद को शुभकामना व्यक्त।

न्युजडेस्क
२०७८ श्रावण ५, मंगलवार २१:२३

जनकपुरधाम । प्रदेश २ का भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साहले बुधबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकरिदको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

इद-ऊल अजहा (बकरिद)को अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दे कृषि मन्त्रि  साहले प्रदेश २ का साथै मुलुकमा भाइचारा र सुख शान्तिमा अभिवृद्धि होस् भनी कामना गरेको उल्लेख गरिएको छ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको रूपमा मनाउने यो पर्व बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाईन्छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर