Advertisement
☰

पत्रकारिताको विश्वसनीयतामाथि ख्याल गरौं : राष्ट्रपति भण्डारी

न्युजडेस्क
२०७९ पुष ८, शुक्रबार २१:१६


सुर्खेत । राष्ट्रप्रति विद्यादेवी भण्डारीले पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि ख्याल राख्न आग्रह गरेकी छन् ।शुक्रबार सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै पत्रकार आचारसंहिताको पालना र यसमा देखिएका समस्या समाधानको पहल गर्न आग्रह गरेकी हुन् ।राष्ट्रपति भण्डारीले पत्रकारले सूचना प्रवाह गर्दा सत्यतथ्य हो कि होइन, समाजलाई हित गर्छ कि गर्दैन, व्यक्तिको आत्मसम्मानमा ठेस पुर्‍याउने काम भएको छ, छैन भनेर विचार गर्नुपर्ने बताइन् ।उनले भनिन्, ‘पत्रकारिता आवाज विहीनको आवाज बनेको छ की छैन ? यसले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेलेका छ की छैन ? समाजमा कतै विकृति फैलाउँदै त छैन ?’

उनले सञ्चारमाध्यमको भूमिकाप्रति चनाखो हुनुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने गरेको समेत बताइन् ।‘प्रेस जगतले सूक्ष्म निगरानी राख्नुपर्छ, स्वच्छ तरिकाले राज्य र समाज बीचको दायित्वको काम गर्नुपर्छ,’ उनले भनिन्, ‘स्वच्छ पत्रकारिताको विकास र अभ्यासले मात्र राष्ट्र र समाजप्रतिको दायित्व पूरा हुने अपेक्षा लिएको छु ।’
राष्ट्रपति भण्डारीले डिजिटल मिडियाको प्रभाव पत्रकारिता क्षेत्रमा परेको भन्दै सामाजिक सञ्जालले पत्रकारिता ओझेलमा परेको बताइन् । ‘प्रविधिले ल्याएको परिर्वतनलाई नराम्रो भन्न मिल्दैन । प्रविधिको विकासले अवसर मात्र होइन चुनौती पनि थपेको छ,’ उनले भनिन् ।राष्ट्रपति भण्डारीले सूचनाको हक र पे्रस स्वतन्त्रतालाई संविधानले नै प्रत्याभूत गरेकाले प्रेसलाई अंकुश लगाउने तथा संकुचित पार्ने काम गर्न नहुने विचार व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर