Advertisement

चार किलो चाँदीका गहनासहित एक जना पक्राउ

न्युजडेस्क
२०७९ जेष्ठ १७, मंगलवार २२:५६


सप्तरी । सशस्त्र प्रहरी सीमा सुरक्षाबलले भारी परिमाणको चाँदीका तयारी गहना सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको विओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका ९ स्थित इँटा भट्टा नजिकबाट भारतको विहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत ११ कामट टोल बस्ने २२ वर्षीय बशिष्ठ चौधरीलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनको साथबाट ४ लाख ३८ हजार ९५७ रुपैयाँ बराबरको २८ जोडी (४ किलो) चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र सीमा सुरक्षाबलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए ।चौधरी कम्मरमा लुकाएर ल्याउदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना बरामद भएको हो । चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर