Advertisement

कोदालो प्रहार गरी एक जनाको हत्या

न्युजडेस्क
२०८१ जेष्ठ ३, बिहीबार १७:५४

सिरहा । जग्गा विवादमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ ।सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या भएको हो ।
खेतमा खर लिन ट्याक्टर लिएर खेतमा पुगेका बेला स्थानीय बचाई महतोले कोदालो प्रहार गरेका थिए ।बुधरामको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । बचाई महतो भने फरार रहेका छन् ।प्रहरीका अनुसार मृतक बुधराम र बचाईबीच लामोसमयदेखि खेतको साँधसिमानाको विवाद थियो ।बुधराम बिहीबार बिहानै केही भद्रभलादमीलाई लिएर ट्याक्टरसहित खेतमा पुगेका थिए ।त्यही क्रममा बचाई पुगेपछि विवाद भएको थियो ।शव परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर