• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

भारतमा दाह संस्कारका लागि ठाउँको अभाव, पार्कमै जलाउन थालियो शव

२०७८ बैशाख १५, बुधबार १७:१७

नयाँ दिल्ली । कोरोना महामारीका कारण जुन रफ्तारमा मानिसको मृत्यु भइरहेको छ, भारतको राजधानी दिल्लीमा दाहसंस्कारका लागि ठाउँको अभाव हुन थालेको छ ।

शवको चाप बढेपछि पछिल्ला दिनमा अस्थायी शवदाह गृह बनाउन थालिएको छ । महामारीको दोस्रो लहर बढेसँगै मृतकको संख्या पनि लगातार बढ्दै गएको छ । सोमबार दिल्लीमा मात्र ३६० जनाको मृत्यु भएको छ ।

मेडिकल अक्सिजन, इन्टेसिभ केयर युनिट बेड र जीवन रक्षक औषधिको आपूर्तिले धान्न सकिरहेको छैन । केही दिन यता भारतमा संक्रमणको १० लाखभन्दा बढी मामिला प्रकाशमा आएको छ ।

सोमबारको तथ्यांकको तुलनामा मंगलबार नयाँ संक्रमितको संख्यामा केही कमी आएको छ । सोमबार तीन लाख ५२ हजार ९९१ नयाँ संक्रमित थपिएका थिए भने मंगलबार यो संख्या तीन लाख २३ हजार १४४ रह्यो ।

यसका साथै भारतमा एक करोड ७० लाख जना अहिलेसम्म कोरोनाबाट संक्रमित भइसकेका छन् । यो महामारीले भारतमा एक लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ ।

घण्टौंसम्म प्रतीक्षा

संक्रमित र मृतकको वास्तविक तथ्यांक सरकारले जारी गरेको तथ्यांकको तुलनामा निकै बढी हुन सक्ने कयौंको भनाइ छ ।

एनडिटिभी न्यूज च्यानलको एउटा रिपोर्टअनुसार गत साता कम्तीमा पनि एक हजार एक सय ५० जनाको मृत्यु दिल्ली सरकारको रेकर्डमा सामेल भएको छैन । अन्य सहरमा पनि यस्ता खोजी रिपोर्ट प्रकाशमा आएका छन्, जहाँ सरकारी तथ्यांकभन्दा कयौं बढी संक्रमित र मृतक रहेको दावी गरिएको छ ।

अन्त्येष्टि गर्ने ठाउँका कर्मचारीहरु रातदिन काम गरिरहेका छन् । उनीहरु शोक सन्तप्त परिवारहरुलाई मद्दत गरिरहेका हुन्छन् भने दाहसंस्कारका लागि दाउरा जुटाउने, चिता बनाइदिने तथा अन्य रिवाज निर्वाह गरिरहेका हुन्छन् ।

दिल्लीमा पार्किङ्ग, पार्क र खाली मैदानलाई पनि अन्त्येष्टि स्थलका रुपमा प्रयोग गर्न माग भइरहेको छ । धेरै परिवारले आफ्नो परिवारका सदस्यको अन्तिम संस्कारका लागि घण्टौंसम्म प्रतीक्षा गर्नु परिरहेको छ ।

शवदाह स्थल विस्तार गर्न आवश्यक

दिल्लीको सराय काले खान शवदाह स्थलमा शवको अन्तिम संस्कारका लागि २७ वटा नयाँ प्लेटफर्म बनाइएको छ । सोही ठाउँ नजिकैको पार्कमा ८० वटा त्यस्ता प्लेटफर्म बनाइएको छ ।

सराय काले खानमा पहिला एकसाथ २२ वटा शवमात्र जलाउन मिल्थ्यो । सो शवदाह स्थलका एक कर्मचारीले हिन्दू अखबारलाई जनाएअनुसार बिहानदेखि आधा रातसम्म लगातार काम गर्नुपरिरहेको छ ।

गाजीपुरको शवदाह स्थलमा पार्किङ गर्ने ठाउँमा २० अतिरिक्त प्लेटफर्म बनाइएको छ । इन्डियन एक्सप्रेस अखबारसँग कुरा गर्दै त्यहाँका एक कर्मचारीले बताएअनुसार यति धेरै शव आउन थालेको छ कि, थप प्लेटफर्म बनाउन आवश्यक देखिएको छ ।

प्रत्येक शव पूर्ण रुपमा जल्नका लागि ६ घण्टा समय लाग्छ । मानिसहरु आफ्नो परिवारका मृतकको अन्त्येष्टिका लागि तीन/चार घण्टासम्म पालो कुरेर बस्नु परिरहेको छ ।

शवदाह स्थलको अवस्था

दिल्लीका अन्य शवदाह स्थलको अवस्था पनि यस्तै गम्भीर छ । कोरोना संकटसँग जुधिरहेका मानिसलाई मद्दत गर्ने गैर सरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलपमेन्ट’ का प्रमुख सुनील कुमार अलेदियाका अनुसार सहरका केही शवदाह स्थलमा सुविधा विस्तारका लागि ठाउँ नै छैन ।

शवदाह गृहको माग यसैगरी बढ्दै जाने देखिन्छ । दुई करोड जनसंख्या भएको सहरमा अस्पताल भरिभराउ छन् भने मेडिकल अक्सिजनको आपूर्ति कम देखिन्छ । सहरका कम्तीमा दुई अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध भएपछि बिरामीहरु मृत्युवरण गर्न बाध्य भएका थिए । यस्तो अवस्थामा एम्बुलेन्सले पनि धान्न सकेन ।

अस्पतालमा बेड पाउन मुस्किल, बेड पाएको अवस्थामा पनि बिरामीलाई अस्पतालसम्म कसरी लैजाने भन्ने समस्या । कयौं मानिसले त यस्तै प्रतीक्षामा मृत्युवरण गर्न पुगे ।

अन्तर्राष्ट्रिय समुदायबाट मद्दतको प्रतिबद्धता

सामाजिक सञ्जालमा सहयोग माग्नेको ताँती लागेको छ । कोही अक्सिजन सिलिन्डरका लागि सहयोग मागिरहेका छन् भने कोही आइसियू बेड मागिरहेका छन्, कसैलाई जीवनरक्षक औषधि चाहिएको छ ।

यहाँसम्म कि, दिल्लीमा कोरोना परीक्षणको क्षमता पनि दबाबमा आएको छ । यस्तोमा कयौं मुलुकले भारतलाई सहयोगको हात बढाएका छन् । कसैले अक्सिजन पठाइरहेका छन् भने कसैले भेन्टिलेटर ।

बीबीसी

सम्बन्धित खवर

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

ताजा समाचार

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech