Advertisement

सर्लाहीको बसबरिया गाउँपालिका-३ वडाध्यक्ष महतोको निधन

न्युजडेस्क
२०८१ पुष ११, बिहीबार १६:१८

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर तीनका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ ।

कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा गएराति चितवनको भरतपुरमा निधन भएको हो । महतो २०७२ र २०७९ को चुनावमा लगातार दुई पटक नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

उहाँ २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष हुनुहुन्थ्यो । वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले आज गाउँपालिकाभित्र शोक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर