Advertisement

नागरिकता अध्यादेशको बिरोधीप्रति एमाले नेतृ रन्जु झा ठाकुरको प्रश्न

न्युजडेस्क
२०७८ जेष्ठ १०, सोमबार १५:०७

सप्तरी / वैशाख-१0

राजविराज / नागरिकता सम्बन्धि अध्यादेश आज राष्ट्रपतिबाट जारी भएपछि यसको बिरोध गरिरहेकाहरुलाई नेकपा (एमाले )नेतृ तथा संविधानसभा सदस्य रन्जु झा ठाकुरले प्रश्न गर्नुभएकी छिन ।।

आज जारी भएको नागरिकता सम्बन्धि अध्यादेशले तराईमा जसपा महन्थ -राजेन्द्र समुह आबद्ध नेताकार्यकर्ता र नेकपा एमाले नेताकार्यकर्ताहरुले खुशियालीमा दीप प्रज्वलन गरिरहेका छ्न भने बिपक्षी राजनीतिक दलले कटाक्ष गरिरहेको देखिन्छ ।यसै सन्दर्भमा नेतृ झाले विपक्षलाई संविधानले अंगिकार गरेको व्यवस्था प्रती बिरोध किन भनेर प्रश्न गर्नुभएको हो।

एक पटक जारी भएको नागरिकता सम्बन्धि अध्यादेश र संविधानको धारा ११ मा भएको व्यवस्था अध्ययन गरेर विपक्षले विरोध गरे पनि हुन्थ्यो , बताउनुभयो।

आज जारी भएको नागरिकता सम्बन्धि अध्यादेश -२०७८ संविधानको धारा ११ को व्यवस्थालाई कार्यविधी सम्बन्ध कानुनमा रूपान्तर गर्न प्रस्तुत अध्यादेश आएको देखिन्छ ।यदि हामी नेपालको संविधान २०७२ लाई अंगिकार गर्दै छौँ भने अध्यादेशको बिरोध किन?भनेर अध्यादेशको बिरोधिलाई प्रश्न गर्नुभयो।

दोस्रो संविधानसभाको सदस्य समेत रहेकी नेतृ झा नेकपा( एमाले)को प्रभावशाली नेता हुन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर