Advertisement

जसपा द्वारा महोत्तरीमा अख्तियर प्रमुख विरुद्ध मशाल जुलुस

न्युजडेस्क
२०७८ आश्विन १६, शनिबार २१:५६

जनकपुरधाम असोज १६ गते । जनता समाजवादी पार्टी को बिशाल मशाल जुलुस महोत्तरीमा जलेशवरको खैरा चौक देखि सिडि ओफिस हुँदै महेन्द्र चौकमा कोणसभा परिणत गरेका थिए।

कोणसभाका वक्ताहरुले अख्तियारले छानबिनको नाममा जबरजस्ती गर्न खोजेको आरोप लगाए । सभामा जसपा विद्यार्थी प्रदेश उपाध्यक्ष शत्रुधन यादव, जसपा युवा संघका केन्द्रिय सदस्य सन्तोष यादव लगायतले बोलेका थिए ।

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले चारदिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा छापामारी केही कागजात लगेको थियो । अख्तियारको छापामारीविरुद्ध जसपाको केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिले विरोध गरेको छ । ‘बेटी बचाउ,बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै अख्तियारले आघात पुर्‍याउने कार्य गरेकोले अख्तियारविरुद्ध आन्दोलनमा उत्रनु परेको जसपा ब्क्ताहरुले बताए । जसपा पार्टी महोत्तरीको सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको सहभागीता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर