Advertisement

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

न्युजडेस्क
२०८२ मंसिर २१, आईतवार १५:१३

जनकपुरधाम, मंसिर २१ गते। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुर्व निर्धारित कार्यक्रम अन्तर्गत जसपा,नेपालका नेताहरुले आइतबार दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना दिएका छन्।
जसपा,नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, पूर्ण समावेशी संसद,महिला दलित आरक्षित निर्वाचन क्षेत्र,राज्यको सम्पूर्ण निकायमा समानुपातिक सहभागिता,किसानको मलखाद व्यवस्थापन,नागरिकता समस्या समाधान सहित २२ बुन्दे माग राख्दै पार्टीले देशभरि शान्तिपूर्ण आन्दोलन जारी राखेका छन्।
जसपा नेपाल का जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सम्पन्न शान्तिपूर्ण धर्नाको क्रममा पार्टीका केन्द्रीय उपमहासचिव दिपक कार्की, कार्यकारीणी सदस्य प्रदेश सांसद राजकुमार गुप्ता,केन्द्रीय सदस्य प्रदेश सांसद रामअशिष यादव, प्रदेश सांसद किरण साह,पुर्व सांसद दलित मुक्ति संघका केन्द्रीय अध्यक्ष चमेली देवी दास, केन्द्रीय सदस्यहरु अरुण सिंह मंडल,विमल साह सहित का अगुवा नेताहरुको सहभागिता रहेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर