Advertisement
☰

सहमति नभएपछि नेकपा स्थायी कमिटीको बैठक फेरि स्थगित !

द प्रदेश टाइम्स
२०७७ असार २२, सोमबार ११:४३

काठमाडौं ।  आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

अब स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने छ । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ ।

शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल हुँदै आए पनि सहमति पुगेको छैन ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर