जनकपुरधाम । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस भव्यतापुर्वक मनाएको छ ।
विहिबार जिल्ला सहकारी संघ लि धनुषाका अध्यक्ष हरिश चन्द्र प्रसाद हरियोधका अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादव रहेको थियो ।प्रमुख अतिथिकै आसनबाट राज्यमंत्री यादवले भने ,जुन देशमा सहकारी छ । त्यहाँ गरिबीको अन्त छ ।जहा सहकारी छैन त्यहाँ भुकमरी ,गरिबी रहेको उनले बताए ।
६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक साप्ताहिक कार्यक्रमका संयोजक प्रदेश २ का भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका सल्लाहकार र राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादव रहेको छ ।
उक्त कार्यक्रममा वैष्णवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक जय नाथ मण्डल ,ओम शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक भोगेन्द्र मण्डल ,रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक मनमोहन ठाकुर ,बिनिता यादव ,रेखा मण्डलसहितका सहकारीकर्मीहरु सम्मानित भएका छन्। कार्यक्रम संचालक नथुनि यादवले भने जिल्ला भरीका सहकारीका संचालकलगाइत विभिन्न क्षेत्रमा योगदान पुरियाएका करिब २ दर्जनाैभन्दा बढी व्यक्तिहरुलाई सम्मान समेत गरेका थिए ।
साे कार्यक्रम जनकपुरधामकाे सिताशरण हाेटलमा मैथिली मनाेरनजन गित गायक ज्ञानु यादव , लजिना सुबेदिसहित धुमधाम साथ मनायो । सो कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संघ लि धनुषाका उपाध्यक्ष बिनोद प्रदास रोहिताले राखेको थियो ।











