Advertisement

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्तरिक राजनीतिक मामिलामा चीनलाइ हस्तक्षेप नगर्न चेतावनी ।

द प्रदेश टाइम्स
२०७७ असार २२, सोमबार १५:४१

काठमाडाैं । शीर्ष नेताबिचको शक्ति संघर्षका कारण फुटकोसंघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्तरिक राजनीतिक मामिलामा विदेशीको भूमिका कुनै पनि रुपमा स्वीकार्य नरहेको बताएका छन् ।

उनले ट्वीट गरेर नेपालको आन्तरिक राजनीतिक परिवेश र पक्षहरुमा कुनै पनि विदेशी शक्तिको प्रभाव वा दखल रहेको भनेर गरिने भ्रामक चर्चाहरुमा कुनै सत्यता नरहेको उल्लेख गरेका हुन् ।

उनले लेखेका छन्, ‘सार्वभौमसत्ता सम्पन्न देशको नाताले हाम्रा आन्तरिक विषयमा हामी आफै निर्णय छौँ । हाम्रो आन्तरिक मामिलामा कुनै पनि पक्षबाट हुने वा हुन सक्ने दखललाई स्वीकार गर्दैनौँ ।’

नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चीनको प्रभाव वा दखल रहेको भन्दै भारतीय सञ्चारमाध्यमले खबर सम्प्रेषण गर्ने गरेका छन् ।

नेकपा भित्रको आन्तरिक राजनीतिमा पनि चीनको प्रभाव रहेको आरोप लाग्ने गरेको छ । सो आरोपलाई मलजल गर्ने काम नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियताले प्रदान गरेको छ ।

यान्छीले आइतबार बेलुका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवासमा भेट गरेकी थिइन् । त्यसको केही दिनअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेकी थिइन् ।

चिनियाँ राजदूत होउ यान्छी र नेकपामा शक्ति संघर्षको एक खेमाका उच्च नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपाल पार्टीका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने पक्षमा रहेका छन् ।

नेकपाको संकट उत्कर्षमा पुगेका बेला भएको सो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । होउ र नेपालबिच नेपाल निवास कोटेश्वरमा भेट भएको हो । राजदूत आफै नेपाल निवास गएर भेट गरेकी हुन् ।

यसअघि पनि नेकपा विवाद समाधानमा चिनियाँ राजदूत होउको भूमिका देखिएको थियो।

केन्द्रीय सचिवालयमा ओली संकटमा परेका बेला गएको वैशाख १९ गते राजदूत होउले प्रचण्च र नेपालसँग भेट गरेकी थिइन् । त्यसपछि भोलिपल्टको सचिवालय बैठकले ओलीको पक्षमा निर्णय गरेको थियो।

-देशसंचारबाट

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर