Advertisement
☰

लागूऔषध ल्याउँदै गर्दा युवतीसहित दुई पक्राउ

न्युजडेस्क
२०७८ असार २१, सोमबार ११:११

सप्तरी । भारतबाट लागूऔषध ल्याउँदै गरेका एक युवतीसहित दुई जनालाई सप्तरीबाट सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरूङा नगरपालिका ९ बस्ने ३० बर्षकी रोमा विक र उदयपुरको त्रियुगा नगरपालिका ११ बस्ने ३३ बर्षीय चोलाधर पोखरेल छन् ।

उनीहरूलाई जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रम्पुरा मल्हनियाँबाट पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।उनका अनुसार उनीहरूको साथबाट डाइलेक्स डिसी १० एमएलको १० थान, नाइट्रेजेपेम आइपी ट्याब्लेट २० थान र स्पास्पोर मोनप्लस १४४ थान बरामद भएको छ ।

लागूऔषधसहित पक्राउ परेकाहरुलाई नेपाल प्रहरीको जिम्मा लगाइने उनले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर