चितवन, मंसिर १० गते। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को महाधिवेशन देश र जनताको पक्षमा उभिनुपर्ने बताएका छन् ।
एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा शुभकामना मन्तव्य दिँदै जसपा अध्यक्ष यादवले यस्तो धारणा राखेका हुन् । उनले भने, ‘नेकपा एमाले आफूलाई देश र जनताको पक्षमा उभ्याउनुपर्छ ।’
‘संविधानलाई अझ परिष्कृत बनाएर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी मजबुत बनाउन आवश्यक छ । त्यसका लागि एमालेको महाधिवेशन देश र जनताको पक्षमा उभियोस्’, अध्यक्ष यादवले भनेका छन् ।
अध्यक्ष यादवले भने, ‘संविधानलाई अझ समावेशी र संघीयतालाई अझ प्रभावकारी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्ने बताएको थियो ।’


तपाईको प्रतिक्रिया !