Advertisement
☰

सिरहा: स्टार किङ युवा क्लबद्धारा गुलाब साह खातुनलाई श्रद्धांजलि अर्पण

न्युजडेस्क
२०७७ मंसिर ११, बिहीबार ०७:४८

सिरहा ।  बालिका बलात्कार गरेकाे तथा दोषीलाई कडा कारबाहीको माग गर्दै सिरहाको कर्जन्हा नगरपालिका -११ स्थित महिन्द्र राजमार्गमा प्रदर्शन गरि गुलाब साह खातुनलाई श्रद्धांजलि अर्पण गरेको छ।

महोत्तरीको बर्दिवासकि ६ वर्षीय बालिका खातुनको बलात्कार गरि  हत्या गरेको  दोषीलाई कार्वाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै बुधबार कर्जन्हाको बस्तिपुर बजारमा स्टार किङ युवा क्लब हटलेट्वाका युवाहरूले मृतक खातुन लाई मम्बती बालेर श्रद्धांजलि दिदै बलात्कारी लाई फाँसी दे भन्दै शान्तिपुर्ण प्रदर्शन गरिएको हो ।

खातुनको हत्याको विरोधमा मंगलबार बर्दिबासमा पीडित परिवारको न्यायका लागि आन्दोलन गर्ने क्रममा प्रहरीले दमन गरि आन्दोलनकारी माथी चार राउण्ड गोलि प्रहार गर्दा स्थानीय तिन जना व्यक्ति घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर