Advertisement

अन्तर्राष्ट्रिय नारी दिवसमा गर्भवती महिला सम्मनित

न्युजडेस्क
२०७८ फाल्गुन २५, बुधबार ०७:२७

जनकपुरधाम, फागुन २४ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले धनुषा निर्वाचन क्षेत्र नं २ स्थित शहिदनगर नगरपालिका को सिमरापटी गाउँमा अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन्।

जगदीश गोयन्का प्रतिष्ठान जनकपुरधाम र रामलखन दौलतिया प्रतिष्ठान को आयोजना मा अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा ग्रामीण क्षेत्रका गर्भवती नारीहरुलाई स्वास्थ्य र स्वच्छता विषयमा सजग गराउदै सम्मान गरिएको छ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादवले सुरक्षित मातृत्व- स्वस्थ समाज को परिकल्पना गरि गर्भवती नारी आवश्यक रहेको कुरा बताउनुभएको छ।

उहाँले सुरक्षित मातृत्व र स्वस्थ शिशुको जन्म मुख्य उद्देश्य का साथ गत ५ वर्ष देखि ग्रामीण क्षेत्रमा गर्भवती नारी सम्मान योजना को थालनी गरेको कुरा बताउनुभएको छ।

सो कार्यक्रममा बोल्दै जगदीश गोयन्का प्रतिष्ठान जनकपुरधाम का संस्थापक युवा समाजसेवी रवि गोयन्का ले सुरक्षित मातृत्व र स्वस्थ शिशुलाई जन्म दिन का लागि गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, पौष्टिक सन्तुलित आहार र गर्भवती मैत्री परिवारिक वातावरण आवश्यक रहेको कुरामा जोड दिनुभयो।

सो अवसरमा जनता समाजवादी पार्टी नेपालका महिला नेतृ ममता मंडल,जसपा धनुषा उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष दिनेश प्रसाद यादव, शहिद नगर नगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष नागेन्द्र मंडल, महिला नेतृ सिता मंडल, युवा नेता उमेश निराला, सुरेश साह, महादेव यादव, मनोज दास, दलित नेता राम किसोर मुखिया ,बेचन साह सहित का वक्ता हरुले नारी सम्मान विषयमा विचार व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा ५० जना गर्भवती नारी लाई स्वच्छता सामाग्री प्रदान गरि सम्मान गरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर