Advertisement

ठाकुर नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

न्युजडेस्क
२०७८ पुष २६, सोमबार १०:४८
1 व्यक्ति की फ़ोटो हो सकती है

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशककाे जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएकाे हाे ।प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए ।

क्षत्री प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० काे बैठकबाट महानिर्देशक नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर