आमिन राईन
महेन्द्रनगर । कञ्चनपुरमा प्रहरीले सुरक्षित चेली अभियान चलाएको छ । जनतासंग हातेमालो गर्दै प्रहरीले सुरक्षित चेली कार्यक्रम थालेको हो ।
कोरोना महामारीको बेलामा समाजमा अपराध नबढोस् भन्ने उद्धेश्यका साथ अभियान सञ्चालन गरिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अमर माझीले बताए ।
उनका अनुसार लागुऔषध, घरेलु मदिरा, साइबर अपराध, आत्मरक्षा लगायतलाई निरन्तरता दिइने छ । समाज र प्रहरीको सहकार्यबाट नै अपराध नियन्त्रण गर्न सकिने र समाजलाई सभ्य, सुसंस्कृत बनाउने सकिने प्रहरी निरीक्षक माझीको भनाई छ ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरले शुक्रवार भीमदत्त नगरपालिका–२ मा सुरक्षित चेली अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
भीनपा–२ का वडाध्यक्ष डम्बर सिंह कार्कीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीको प्रमुख आथित्यतामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रममा प्रहरी निरीक्षक माझी, नागरीक समाज, स्थानीय जनप्रतिनिधि, समाजसेवी, संघसंस्था, स्वास्थ्यकर्मी, शिक्षक÷शिक्षिका, व्यापारी, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्