Advertisement

काठमाडौं महानगरको समस्या समाधानमा पूर्ण सहयोग रहन्छ : प्रधानमन्त्री देउवा

न्युजडेस्क
२०७९ जेष्ठ १९, बिहीबार ०६:५८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहसँगको भेटका क्रममा आज प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताएका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले साहलाई काठमाडौं महानगरपालिकाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिए । प्रमुख साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर