Advertisement
☰

प्रेस मञ्च नेपालको ३ दिवसीय प्रशिक्षक प्रशिक्षण आज देखि शुरु

न्युजडेस्क
२०८० पुष ३, मंगलवार १७:४०

जनकपुरधाम, पुष ३ गते । प्रेस मंच नेपाल मधेस प्रदेश समिति जनकपुरधामको आयोजनामा ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखी सुरु भएको छ।

जनकपुरधाम मुजेलिया स्थित रमन टावरको सभाहलमा सुरु भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको विशिष्ट आतिथ्य जसपा नेपालको शिर्षनेता एव मधेस प्रदेश आठैवटा जिल्लाका प्रेस मञ्चका अध्यक्ष तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रमको उदघाटन गरेका छन्।

संघीयता, समाजवाद, मधेश र पत्रकारीता विषयका तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम मंगलबार देखि सुरु भएको कार्यक्रम बिहिवार सम्म हुने प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिका अध्यक्ष अभरेन्द्र यादवले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर