Advertisement

मनराशिस्वाको सोनौलमा सडक निर्माण कार्यको शिलान्यास

न्युजडेस्क
२०८१ चैत्र ६, बुधबार १९:२०

महोत्तरी, फाल्गुन ०६ गते। महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौलमा बुधवार पीसीसी (प्लेन सीमेन्ट कन्क्रिट) सडक निर्माण कार्यको शिलान्यास गरिएको छ। सडक निर्माणका लागि मधेस प्रदेशका प्रदेश सांसद सरोजसिंह कुशवाहाको संसदीय कोषबाट २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

शिलान्यास समारोहमा जसपा नेपालका कार्यकारिणी समिति सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव तथा मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री एवं सोही क्षेत्रका प्रदेश सांसद सरोजसिंह कुशवाहाको विशेष उपस्थिति रहेको थियो। स्थानीय नेता महेन्द्र मुखियाले यस सडक निर्माणले क्षेत्रका नागरिकलाई सहज आवागमनको सुविधा दिने बताए।

स्थानीय विकासमा नयाँ आयाम सडक निर्माणले स्थानीय व्यवसाय, स्वास्थ्य तथा शिक्षालगायतका सेवाहरूमा पहुँच बढाउने विश्वास गरिएको छ। पूर्वमन्त्री डा. सुरेन्द्रकुमार यादवले सम्बोधन गर्दै भने, “स्थानीय पूर्वाधारको विकासले नै आर्थिक र सामाजिक समृद्धि सम्भव हुन्छ। यो सडक निर्माणले यहाँका बासिन्दाको दैनिक जीवन सहज बनाउनेछ।”

सांसद सरोजसिंह कुशवाहाले सडक निर्माण योजनालाई पारदर्शी ढंगले सम्पन्न गरिने प्रतिवद्धता व्यक्त गर्दै भने, “स्थानीयको मागअनुसार नै यो परियोजना अघि बढाइएको हो। गुणस्तरीय निर्माणको निगरानी गर्न सबैको सहकार्य आवश्यक छ।”

शिलान्यास कार्यक्रममा उत्साहजनक उपस्थिति कार्यक्रममा जसपा नेपालको पूर्व वडा संयोजक महेन्द्र मुखिया, रामगोपालपुर नगर कमिटीका सह–संयोजक विजय यादव, स्थानीय समाजसेवी, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय बासिन्दाले नयाँ सडक निर्माणले यातायात सहज हुने, व्यापार–व्यवसायलाई टेवा पुग्ने तथा वर्षायाममा आउने समस्या समाधान हुने अपेक्षा व्यक्त गरेका छन्। सडक निर्माण कार्य छिटो र गुणस्तरीय रूपमा सम्पन्न गर्न स्थानीयले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर