Advertisement
☰

महोत्तरीबाट गाँजासहित १ जना पक्राउ

न्युजडेस्क
२०७७ कार्तिक २७, बिहीबार १४:०४

काठमाडौं । सशस्त्र प्रहरीले महात्तरीबाट लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

महोत्तरीको एकडाँडा गाउँपालिका–३ स्थित भटौलियामा ना.३ च ९६२४ नम्बरको जिप चेकजाँच गर्ने क्रममा ११० केजी गाँजासहित मकवानपुरको भिमफेदी गाउँपालिका–२ का ३० वर्षीय अम्मरकुमार थिङ बुधबार राति पक्राउ परेका हुन् ।

सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) सुरेश सापकोटाका अनुसार गाँजा बोक्न प्रयोग भएको जिपबाट ३० बोरा चोकर, २ थान मोबाइल, ८ हजार १५० रुपैयाँ नगद समेत बरामद भएको छ ।

एसपी सापकोटाका अनुसार पक्राउ परेका थिङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय जलेश्वरमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर