Advertisement

१३ महिनाको शिशुमा कोरोना संक्रमण पुष्टि

द प्रदेश टाइम्स
२०७७ असार २०, शनिबार ११:५८

काठमाडौं /  आज शनिबार बिहानै १३ महिनाको शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शुक्रबार कोरोना पुष्टि भएको उनलाई गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको थियो। कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।

अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै, शिशुको अवस्था भने सामान्य रहेको बताए ।

अस्पतालले कोरोनाका लागि छुट्टै आइसोलेसन वार्ड र टिम बनाएकाले संक्रमण देखिए पनि अस्पताल सूचारु रहेको डाक्टर पौडेलले बताए। ‘आइसोलेसन वार्डमा शिशुको उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ,’ उनले भने।

अस्पतालका निर्देशक डाक्टर पौडेलका अनुसार रगतको कमी, ज्वरो आएको लगायतका समस्या भएर शंकास्पद बिरामी भनेर आइसोलेसनमा राखिएको थियो। उनले भने, ‘सोमबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरयौँ । त्यसको रिपोर्ट पोजेटिभ आयो ।’

यसअघि कान्ति अस्पतालबाट अन्य धेरै शिशुलाई कोरोनाको शंका गर्दै स्वाब पठाइए पनि संक्रमण पुष्टि भएको यो पहिलो केस हो।









 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर