• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

के–के कुरा भयो भारतीय विदेश सचिवको भ्रमणमा, पढ्नुहोस् १९ बुँदामा

२०७७ मंसिर १२, शुक्रबार १०:१३

काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगला बिहीबार नेपाल आएलगत्तै उच्चस्तरीय भेटघाटमा व्यस्त रहे । शुक्रबार काठमाडौंको सोल्टी होटल, गोरखा र मनाङका कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किंदैछन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा काठमाडौं आएका उनले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र परराष्ट्रसचिव भरतराज पौडेलसँग पनि भेटवार्ता गरेका थिए ।

ती भेटवार्तामा भएका कुराकानीको सार यस्तो छ–

  • भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले समकक्षी भरतराज पौडेलसँग दुईपक्षिय भेटघाट गरे । सो भेटमा समग्र द्विपक्षीय सम्बन्धको पुनरावलोकन भयो । साथै, व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, इनर्जी, संस्कृति, कृषि, लगानी लगायतका विषयमा कुराकानी भयो ।
  • उनीहरुको बिचमा नेपाल र भारतबीच लामो समयदेखि रहेको सांस्कृतिक र सभ्यताको सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा समेत कुराकानी भयो । भेटमा भारतीय विदेश सचिवले भारतको बजार र अर्थतन्त्रबाट सकेसम्म बढी फाइदा लिन नेपाललाई आग्रह गरेका थिए ।
  • दुई मुलुकले कनेक्टिभिटी र भूकम्पपछिको पुनर्निर्माण लगायतका विषयमा अहिलेसम्म भएका प्रगतिहरुको समीक्षा गरे ।
  • परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले दुई देशको बिचमा रहेको सीमा विवाद र प्रवुद्ध समूहको प्रतिवेदनको विषयमा भारतीय विदेश सचिवसँग स्पष्ट कुरा राखे । उनले ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा नेपालले सीमा विवादको समाधान गर्न चाहेको सन्देश दिए ।
  • कोभिड–१९ को सम्बन्धमा दुई मुलुकको बिचमा सहकार्य गर्ने र सहयोग आदानप्रदान गर्ने सम्बन्धमा छलफल भयो । भारतले दुई हजार थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण ग¥यो र कोभिडको खोप बनेपछि नेपाललाई उच्च प्राथमिकतामा राख्ने आश्वासन भारतले दियो । सबैभन्दा बढी खोप उत्पादन गर्न लागेको जानकारी भारतीय विदेश सचिवले दिएका छन् ।
  • दुई देशको बिचमा नक्सा विवादको बारेमा पनि कुराकानी भयो । नेपाली पक्षले सबै भेटमा यो विषय उठायो । भारतीय पक्षले यो विषय वार्ता मार्फत् राजनीतिक तहमा समाधान गर्ने जवाफ दियो । यो विषय वार्ताको टेबलमा प्रवेश गरेको छ । अब हुने परराष्ट्रमन्त्री स्तरीय बैठकमा यो विषयमा ठोस कुराकानी हुने अपेक्षा छ । तर यस अगाडि जस्तो ठोस रुपमा सुस्ता र कालापानीको विषयलाई भने विज्ञप्तिमा उल्लेख गरिएन ।
  • भारतले नयाँ दिल्लीमा आयोजना हुने परराष्ट्रमन्त्री स्तरीय बैठकको लागि नेपाललाई निम्तो दिएको छ । मन्त्री ज्ञवाली डिसेम्बर दोस्रो साता बैठकमा भाग लिन दिल्ली जाने छन् । दुवै देशका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने संयुक्त कमिसनको बैठकले सबै द्विपक्षीय विषयमा छलफल गर्नेछ । सो कमिसनको पछिल्लो बैठक सन् २०१८ मा काठमाडौंमा भएको थियो ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई सुधार गर्न चाहेको र उच्च तहमा भ्रमण आदान प्रदान गर्नुपर्छ भनी पठाएको सन्देश भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाए । ओलीले पनि आफू भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन चाहेको सन्देश दिए । प्रधानमन्त्री ओलीले सीमा विवाद वार्ताद्वारा समाधान गर्न चाहेको स्पष्ट सन्देश भारतलाई दिए । ओलीले भारतसँगका इनगेजमेन्ट उच्च तहमा बढाउन चाहेको धारणा व्यक्त गरे ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा पनि सीमा विवादको विषयमा कुरा भयो । भेटमा भारतीय विदेश सचिव श्रृंगलाले दुई देशको बिचमा विगत एक वर्षमा केही समस्या देखिएकोबारे आफूलाई जानकारी भएको र त्यसलाई वार्ताबाट नै समाधान गर्नुपर्ने बताए । भारतीय विदेश सचिवले भारतका राष्ट्रपतिले नेपालका राष्ट्रपतिलाई पठाएको सन्देश सुनाएका थिए ।
  • द्विपक्षीय भेटवार्तामा पञ्चेश्वर परियोजनालाई पनि अगाडि बढाउने विषयमा छलफल भयो । अब पञ्चेश्वरको डिपिआरका बाँकी विषयमा कुराकानी अगाडि बढ्ने अधिकारीहरु बताउँछन् ।
  • भारतीय विदेश सचिवले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग पनि भेटघाट गरेका छन् । देउवाले दुई देशको बिचमा उच्च राजनीतिक तहमा संवाद आवश्यक भएको बताए । भेटमा देउवाले रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई पनि आमन्त्रण गरेका थिए । देउवाले भेटमा पञ्चेश्वर परियोजनाको विषयलाई बढी जोड दिएका थिए ।
  • भेटमा भारतीय पक्षले कोभिडको अति संकटको समयमा पनि नेपालसँगको सप्लाई प्रणालीमा कुनै पनि समस्या आउन नदिएको नेपाली पक्षलाई बताएको थियो ।
  • सबै भेटमा भारतीय विदेश सचिव श्रृंगलाले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिए ।
  • शुक्रबार भारतीय विदेश सचिवले नेपाल–भारत सम्बन्धमा एक प्रवचन दिने छन् ।
  • त्यसपछि गोरखामा भारतीय सहयोगमा निर्माण भएको आवासहरुको हस्तान्तरण सम्बन्धी एक कार्यक्रममा उनी सहभागी हुन गोर्खा जिल्ला जाने कार्यक्रम छ ।
  • त्यसैगरी भारतीय सहयोगमा मनाङमा निर्माण भएको एक गुम्बाको काठमाडौंबाट नै उनले उदघाट्न गर्नेछन् ।
  • दुई देशको बिचमा उच्च तहमा भ्रमणको आदान प्रदान गर्ने विषयमा समेत छलफल भएको थियो जुन केही महिनामा प्रधानमन्त्रीकै तहमा हुनसक्छ ।
  • त्यसैगरी नेपाल र भारतको विचमा एयर बबल उडानको विषयमा पनि कुराकानी भएको थियो ।
  • सुरक्षाको विषयमा एक अर्काको संवेदनशीलतालाई सम्मान र सम्बोधन गर्ने विषयमा पनि कुराकानी भएको थियो । यस विषयमा विस्तृतमा केही बताइएको छैन ।

सम्बन्धित खवर

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले

ताजा समाचार

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech