Advertisement
☰

जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन

न्युजडेस्क
२०७७ मंसिर २३, मंगलवार १५:५१

धनुषा – जनकपुर विमानस्थलमा निर्माण गरिएको नयाँ टर्मिनल भवनको उद्घाटन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभएको हो ।

जनकपुरलाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको पनि विमानस्थलले जनाएको छ ।  

जनकपुर विमानस्थलमा धावन मार्ग र पार्किङ स्थल फराकिलो बनाइएको छ भने वारुण यन्त्र र एक्सरे मेसिनसहितका संरचना पनि थपिएको छ ।  

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर