Advertisement
☰

जनता समाजबादी पार्टी (जसपा)को समायोजन प्रक्रिया यसरी मिलाइदै।

न्युजडेस्क
२०७७ भाद्र २१, आईतवार २१:३६

काठमाडौ भदौ २१। नवगठित जनता समाजबादी पार्टी (जसपा)नेपाल मा पार्टी समायोजन को काम सुरु भएको छ।तत्कालीन समाजबादी पार्टी र जनता पार्टी बिच गत बैशाख मा एकता घोषणा भएको थियो।असारमा निर्वाचन आयोग बाट आधिकारिकता पाए पछि जसपा मा समायोजन को काम सुरु भएको जनाइएको छ।

दुई दल बीचको बराबरको हैसियतमा समायोजन को प्रक्रिया सुरु भएको एक नेताले सगरमाथा दैनिक लाई जानकारी दिए ।सो पार्टी मा ५१ सदस्यीय कार्यकारिणी समिति सहित ७ सय ०१ जनाको केन्द्रीय कार्यसमिति हुने जनाइएको छ।जस मध्य तत्कालीन राजपा पार्टी को भागमा ३ सय २६ जना केन्द्रीय सदस्य परेका छन् ।यश अघि नै कार्यकारणी समिती को बारेमा भने मिलिसकेको छ।कार्यकारिणी समिति मा तत्कालीन राजपा नेपाल ले २६ र तत्कालीन समाजबादी पार्टी बाट २५ सदस्य पाएका छन् ।

केन्द्रिय समितिमा बाकी रह्यो ६५० को भागबन्डा त्यसमा भने तत्कालीन राजपा नेपाल ले ३ सय ५० र तत्कालीन समाजबादी पार्टी ले ३५० सदस्य प्राप्त गरेका छन् । ७०१ जनाको केन्द्रिय समिति मा ५० जना पदाधिकारी रहनेछन् जसमा २५-२५ जना भागबन्डा गरिएको छ।कार्यकारिणी समिति मा रहेका सबै जना पदाधिकारी हुने जनाइएको छ।

तत्कालीन राजपा नेपालमा ३ सय ५० सदस्य मा पनि भागबन्डा भएको छ।९३-९३ जना महन्थ ठाकुर र राजेन्द्र महतोले पाउने भएका छन् भने ४०-४० जना शरद सिह भण्डारी र महेन्द्र राय यादव ले पाउने भएका छन् ।त्यसै गरि अनिल झा र राजकिशोर यादवले ३०-३० जना केन्द्रिय सदस्य पाउने भएका छन् ।

त्यसैगरि १०१ सदस्य भएको राजनीतिक समिति मा २५ जना तत्कालीन राजपा नेपाल बाट रहनेछन् ।त्यसमा पनि राजपाले आफ्नो भित्र भागबन्डा गर्दा महन्थ ठाकुर र राजेन्द्र महतो ले ६-६ जना पाउने भएका छन् ।शरद सिह भण्डारी र महेन्द्र राय यादव ले ४-४ जना पाउने भएका छन्।यसै गरि अनिल झा र राजकिशोर यादवले ३-३ जना पाउने भएका छन् ।

उता समाजबादी पार्टी ले भने आफ्नो लिस्ट तयार पारिसकेको जनाएको छ।राजपा नेपालले लिस्ट तयार गर्न ढिलाइ गरेपछि समायोजन मा ढिलाइ भएको तत्कालीन समाजबादी पार्टी का नेताले बताए ।अब यस केन्द्र को समायोजन सिद्दिने लगत्तै प्रदेश गाउँ वडा सबैको समायोजन प्रक्रिया अघि बढ्ने बताइएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर

जनकपुरधाम,पुस १६ गते ।अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२४ को शुभ अवसरमा जनकपुरधाम स्थित जनजाति कल्याण अाश्रम नेपाल जनक छात्रावासका विधार्थीहरुलाई न्यानो लुगा सहयोग प्रदान गरिएको छ।जनकपुरधाममा एन्टी प्लास्टिक मैनको रुपमा परिचित युवा समाजसेवी कृष्ण चन्द्र साहको सहयोग मा जनक छात्रावासका विधार्थीहरुलाई जाडो बाट बच्नका लागि न्यानो लुगा उपलब्ध गराएको छ।सो अवसरमा प्रदेश सांसद रामअशिष यादव र प्लास्टिक पोलिथिन मुक्त अभियान का संयोजक कृष्ण चन्द्र साहले छात्रावासका विधार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गर्दै संस्कार सहित शिक्षाको महत्त्व माथि प्रकाश पारेका छन।मधेश प्रदेशको राजधानी जनकपुरधाममा गुरुकुल परम्परा जस्तै संचालित सो जनक छात्रावासमा देशका विभिन्न स्थान का चेपाङ सहित दलित जनजाति र अादिवासीका वालकहरु अाश्रय लिएर संस्कार सहित शिक्षा ग्रहण गरि रहेको कुरा जनक छात्रावास जनकपुरधामका अध्यक्ष कृष्ण कुमार दिक्षितले जानकारी दिएका छन् ।