• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश २ मा जाडो भगाउन आगोकै सहारा

२०७७ माघ ७, बुधबार ०९:३८

जनकपुरधाम । पछिल्लो हप्ताको निरन्तरको अत्यधिक जाडोले प्रदेश २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

लगातार हुस्सु लाग्ने र चिसो हावा बहने क्रम जारी छ । पाँच दिनपछि सोमबार थोरै घाम लागे पनि मंगलबार बिहानदेखि फेरि हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भयो ।

चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा, दैनिक मजदुरी गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन् । चिसोले बजार क्षेत्रमा चहलपहल ह्वात्तै घटेको छ । एक्कासी चिसो बढे पनि प्रदेश २ का जिल्लामा कुनै किसिमको पूर्व तयारी नगरिँदा गरीब र विपन्नलाई कठ्यांगि्रएरै जीवन धान्नुपरेको छ ।

अत्यधिक जाडोका कारण प्रदेश २ मा ४ जनाको मृत्यु भइसकेको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार सिरहामा तीन जना र सर्लाहीमा एक जनाको मृत्यु भएको छ । यसमध्ये सिरहामा आगो ताप्ने क्रममा जलेर २ जनाको मृत्यु भएको छ ।

जाडोलाई चिर्न भन्दै बिभिन्न जिल्लामा दाउरा वितरणलाई नै प्राथमिकतामा राखिएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरीमा दाउरा वितरण गरिएको छ । र, त्यसलाई बालेर जाडो भगाउने तयारी थालिएको छ । यसबाहेक न्यानो कपडा वितरण गर्ने निर्णय पनि जिल्लाहरुमा गरिएको छ । कतिपय जिल्लामा भने आगो ताप्ने कामलाई प्राथमिकतामा राखिएको छैन ।

कुन जिल्लामा कस्तो तयारी ?

प्रदेशका ८ वटै जिल्लामा जाडोबाट जोगाउन बिभिन्न निर्णय गरिएको छ । अधिकांश जिल्लाको विपद् व्यवस्थापन समितिले आगो बाल्नका लागि दाउरा वितरण गर्ने र न्यानो कपडा वितरण गर्ने कामलाई प्राथमिकतामा राखेका छन् । भएको निर्णय कतिपय जिल्लामा कार्यान्वयन हुन थाले पनि कतिपयले अझै गर्न सकेको छैनन् ।

सप्तरीमा स्थानीय तहले नै शितलहरको पूर्व तयारी गर्ने भनेर निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले दुई पटक बसेको विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय तहले योजना बनाएर आ-आफ्नो पूर्व तयारी गर्ने निर्णय भएको बताए ।

यस्तै, आगो बाल्नका लागि वन कार्यालयसँग दाउराका लागि समन्वय गर्ने निर्णय भएको बताए । ‘सदरमुकाम राजविराजमा दाउरा बाल्ने प्रबन्ध म आफैं पनि मिलाएको छु,’ उनले भने, ‘स्थानीय तहले काम गर्दै होला ।’

सिरहामा गरीब र विपन्नको तथ्यांक संकलन गरी न्यानो कपडा वितण गर्ने निर्णय भएको छ । कात्तिक १९ गते नै बसेको विपद् व्यवस्थापन समितिको बैठकले शितलहरी पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ पारित गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।

अहिले स्थानीय स्तरको विपद व्यवस्थापन समिति समेत भएकाले सोही समिति मार्फत् गरीब र विपन्नको तथ्यांक संकलन गरी न्यानो लुगा वितरण गर्ने निर्णय भएको बताउँदै यसमा सकभर सरकारी खर्च नहुने गरी काम गर्ने सल्लाह भएको उनले बताए । तथ्यांक संकलन नगरी बिक्री वितरण गरिए गोलमाल समेत हुने भएकाले यस किसिमको निर्णय गरिएको बताउँदै कणेलले हुनेले नहुनेलाई एउटा न्यानो कपडा उपलब्ध गराउन आग्रह गरिएको बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला जिल्लामा स्थानीय तह र संघ-संस्थाले न्यानो कपडा वितरण गरिरहेको बताए । ‘हामी आफैंले केही गरेका छैनौं,’ उनले भने, ‘स्थानीय तह र संघ-संस्थाले कपडा बितरण गरिरहँदा जिल्ला विपद् व्यवस्थापन समितिले समन्वय चाहिँ गरिरहेको छ ।’

महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमली पनि गरीब र विपन्नको पहिचान गरी न्यानो कपडा वितरण गर्ने निर्णय भएको बताउँछन् ।

यसबाहेक सहुलियत दरमा वनले दाउरा उपलब्ध गराउने सहमति अनुसार स्थानीय तहहरुले दाउरा लगिरहेको उनले बताए । यद्यपि न्यानो कपडा वितरण गर्ने कार्य भने अब शुरु हुने उनले बताए । ‘स्थानीय तहमा रकम अपुग भए जिल्ला विपद् व्यवस्थापन समितिले पनि सहयोग गर्छ,’ उनले भने ।

सर्लाहीमा पनि दाउरा र न्यानो कपडा वितरण गर्ने निर्णय भएपनि न्यानो कपडा वितरणको काम अघि बढ्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल पालिकाहरुले वनबाट दाउरा लगिरहे पनि कपडा वितरणको कार्य शुरु हुन नसकेको बताउँछन् । ‘अस्तिको दिनसम्म बाँड्नुपर्ने अवस्था थिएन । जाडो बढ्दा पालिकाहरुले यस्तो गरिदिनुपर्छ पनि भनेका छैनन्,’ पौडेल भन्छन्, ‘हामीले न्यानो कपडाका लागि व्यापारीसँग मौखिक समझदारी गरिसकेकाले आवश्यक परेमा तत्काले कपडा उपलब्ध हुन्छ ।’

सर्लाहीमा भने एउटा स्थानीय तहलाई चार चट्टा -२० फिट लम्बाइ, ५/५ फिटका दरले चौडाइ र मोटाइ) भएको दाउरा उपलब्ध गराउने सहमति भएको छ । यो सहमति अनुसार स्थानीय तहहरुले दाउरा लगिरहेका छन्,’ उनले भने, ‘आवश्यक्ता परेमा थप उपलब्ध गराइनेछ ।’

रौतहटमा भने शुरुवाती क्रममा एक स्थानीय तहलाई दुई चट्टा दाउरा उपलब्ध गराइनेछ । प्रमुख जिल्ला अधिकारी इन्द्रेव यादव डिभिजन कार्यालयसँग समन्वय गरेर दाउरा उपलब्ध गराउने काम भइरहेको बताउँछन् । यसबाहेक न्यानो कपडा वितरण गर्ने काम पनि भइरहेको उनले बताए ।

बाराका स्थानीय तहलाई दुई चट्टाका दरले दायरा उपलब्ध गराइनेछ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल न्यानो कपडा र कम्बल पनि ठाउँ-ठाउँमा वितरण भइरहेको बताए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीम पौडेल भने शितलहरका समयमा दाउरा किनेर वितरण गर्ने निर्णय भए पनि वितरण भए/नभएको जानकारी आफूलाई नभएको बताए ।

पर्सामा न्यानो कपडा खरीद गर्नका लागि टेण्डर लगाइए पनि सामान नै ल्याउन नसक्दा ठेकदारको १ लाख २० हजार धरौटी पनि जफत् भयो । त्यसपछि पुनः सूचना नै निकाल्न नसकिएको पौडेलले बताए ।

सिरहा र धनुषामा प्राथमिकतामा छैन आगो

आगोले क्षणिक जाडो भगाउने काम गरे पनि क्षति पनि धेरै गरेकाले सिरहा र धनुषामा आगो बाल्ने कार्यलाई प्राथमिकतामा राखिएको छैन । सिरहामा जाडोबाट बच्न न्यानो कपडा वितरण र जनचेतनालाई प्राथमिकतामा राखिएको छ ।

आगो ताप्ने क्रममा जलेरै सिरहामा २ जनाको मृत्यु र १० जना घाइते भएपछि आगो बाल्ने कामलाई प्राथमिकतामा नराखिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल बताउँछन् । उनी भन्छन्, ‘सडकमा आगो बाल्ने, ताप्ने कार्य प्राथमिकतामा राखिएको छैन । बीच सडकमा आगो बाल्न नपाउने, सुरक्षित ठाउँमा बाल्ने र जसले बाल्छ निभाउने जिम्मा पनि उसकै हुने कुरा हामीले भनिसकेका छौं ।’

बालिएको आगोले कुनै क्षति भएमा बाल्नेलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार १ लाखसम्म जरिवाना र एक महिनासम्म कैद गर्ने बिषयमा पनि जानकारी गराइएको उनले बताए । यद्यपि बटुवा तथा कामदारलाई लक्षित गरेर सुरक्षित ठाउँमा आगो बाल्ने काम नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट भइरहेको कणेलले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला आगो बालेर ताप्दा साइड इफेक्ट देखिएकाले यो कार्य यस पटक विपद् व्यवस्थापन समितिको निर्णय मार्फत् नगरिएको बताए । ‘पोहोरदेखि नै आगो बाल्ने कार्यलाई प्राथमिकतामा राखिएको छैन,’ उनले भने, ‘आगलागी हुने । बाटो भत्किने र मान्छे समेतको मृत्यु भएपछि आगो बाल्ने कार्यलाई प्राथमिकतामा राखिएन ।’

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech