Advertisement
☰

मानवअधिकार का लागि पर्यावरण संरक्षण

न्युजडेस्क
२०७७ माघ ३०, शुक्रबार २०:१८

पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादवले मानव सभ्यता का लागि पर्यावरण संरक्षण अपरिहार्य रहेको कुरा बताउनुभएको छ।

राष्ट्रिय ‌मानव अधिकार आयोग प्रदेश नं को आयोजनमा महोत्तरी को जलेश्वर मा गरिएको मानव अधिकार र पर्यावरण संरक्षण अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाई प्रदेश सांसद यादव ले तीब्रगतिमा भैरहेको प्रकृति दोहन समयमा नियन्त्रण नगरिए केहि वर्ष भित्र मानव सभ्यता नै संकटमा पर्ने कुरा मा जोड दिनुभयो।

मानव को क्रियाकलाप ले सृजित जमीन प्रदुषण,जल प्रदुषण र वायु प्रदूषण नियन्त्रण का लागि सिंग्लयुज प्लास्टिक पोलिथिन लाई प्रतिबन्ध , वृक्षा रोपनमा वृद्धि, जल, जमीन,जंगल र पर्यावरण संरक्षण मा सबै ले जोडदिनु पर्ने कुरा मा जोड दिनुभयो
सहभागि हरुलाई स्वच्छता अभियन्ता ई संतोष कुमार ठाकुर को सौजन्य र एन्टी प्लास्टिक म्यान कृष्ण चन्द्र साह र समाजिक अभियन्ता अम्बु साह संयोजन मा कपडा को झोला वितरण गरिएको थियो।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं २ का प्रमुख बिरबहादुर थापा मगर को अध्यक्षता मा सम्पन्न कार्यक्रम मानव अधिकार रक्षक गुन्जा राय, रेखा झा, अर्जुन साह सहित महोत्तरी जिल्लाका ४० जना मानव अधिकार रक्षकहरुको सक्रियता सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर