धनुषाको निर्वाचन क्षेत्र न २ को `ख´ बाट निर्वाचीत प्रदेश न २ संसदीय दलको उपनेता तथा प्रदेश सांसद माननीय राम अशिष यादव द्वारा जनकपुर-१७ को बेलौनीमा सामुदायिक भवन शिलान्यास गरेका छ्न।

बेलौनीमा सामुदायिक भवन को शिलान्यास
प्रदेश सांसद रामअशिष यादव ले जनकपुरधाम को बेलौनी गाउँ मा एक समारोह के बिच सामुदायिक भवन को शिलान्यास गर्नुभयो।
जनता समाजवादी पार्टी का लोकप्रिय सांसद यादव ले सामुदायिक भवन निर्माण भएपछि ग्रामिण क्षेत्रमा जन्ती व्यवस्थापन, सामाज रुपान्तरण का लागि विभिन्न खाले प्रशिक्षण, तालिम सहित सामाजिक कार्यमा सहयोग पुग्ने कुरा बताउनुभएको छ।

उक्त कार्यक्रममा प्रदेश न २ का संघीय एस एस पि, जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, जनकपुर-१७ का निर्वाचीत वाडा अध्यक्ष प्रमेश्वे यादब, जामुन यादब, अमित यादव, स्थानीय श्रीफल यादव, रामलखन साह,जामुन साह, वार्ड सदस्य जुगल यादव ले संयुक्त रुप शिलान्यास गर्नुभएक छन्। लगाईत स्थानीय बुद्धिजीवी, समाजसेवी, जेष्ठ नागरिक, महिला तथा स्थानीयहरुको सहभागिता थियो।
४ कठ्ठा सार्वजनिक जग्गा मा १० लाखको लागतमा सामुदायिक भवन को निर्माण गरिने कुरा बताईएको छ।












