Advertisement
☰

सप्तरीमा अन्तर्राष्ट्रिय महिला दिवसमा संयुक्त र्याली र विचार आदानप्रदान

न्युजडेस्क
२०७७ फाल्गुन २४, सोमबार २१:३१

सप्तरी । ०७७ फागुन २४ गते

इन्सेक, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, सप्तरी जिल्ला बार एकाई, राजविराज जेसीज, दहेज मुक्त मिथिला, माडवाडी महिला मञ्च, हुर्क नेपाल, सहयोगी समाज, बाल सञ्जाल, युथ सप्तरी, क्रेस नेपाल, ग्रीन नेपाल, परिकल्पना नेपालसहितको सक्रिय संस्था सम्मिलित मूल समारोह समितिले फागुन २४ गते राजविराजमा अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

“महिला सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार” मुल नारा लेखिएको व्यानर, विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका महिलाहरुले नारा लगाउँदै संयुक्त ¥याली गर्नुका साथै जिल्ला समन्वय समितिको सभाकक्षमा विचार आदान प्रदान गरेर महिला दिवस मनाएको हो । कार्यक्रममा राजविराज–६ की जेष्ठ नागरिक मेनकादेबी पोखरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

महिला मानवअधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष एवम् एकल महिला समूहकी प्रदेश अध्यक्ष अनीता देवकोटाको अध्यक्षता तथा दहेज मुक्त मिथिलाकी अध्यक्ष करुणा झाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा डिएसपी भुवनेश्वरप्रसाद साह, सशस्त्र इन्स्पेक्टर जीवन मल्ल, इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेल, जेष्ठ नागरिक संघका प्रदेश २ अध्यक्ष शंकर शारदा, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, डाक्टर रञ्जना गिरी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धिरेन्द्र साह, सहज परियोजनका सुनिल साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले उद्देश्यपूर्ण सहकार्यबाट महिलाको सबलिकरण सम्भव रहेको बताउनु भयो ।
महिलामाथि हुने सबै प्रकारका हिंसा वा विभेद अन्तको लक्ष्य पूरा गर्न राज्य र गैर राज्य पक्ष ठोस रुपमा अघि बढनु पर्ने वक्ताहरुले बताउनु भयो ।

अधिवक्ता मनु खनालद्वारा सञ्चालित एवम् इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समूह राजविराजकी कोषाध्यक्ष नानीमैया कटवालले स्वगत गर्नुभएको कार्यक्रममा मानव अधिकारकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कानुन व्यवसायी, शिक्षक, बिद्यार्थी, तेस्रो लिङ्गी, गैससकर्मी लगायतको व्यापक सहभागिता रहेको थियो ।

कपडा कामदारको सन १९०८ को आन्दोलनको स्मरणमा संयुक्त राज्य अमेरिकाको समाजवादी पार्टीले सन १९०९ बाट मनाउन थालेको दिवस महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्न कोपेनहेगनको सन १९१० को सम्मेलनले अन्तर्राष्ट्रिय दर्जा प्रदान गरेको थियो ।संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर