Advertisement

समाजवादी विद्यार्थी युनियन नेपालले जनकपुरको श्री याज्ञवलगम संस्कृत ( ज्ञानकुप ) मा समिति गठन

न्युजडेस्क
२०८१ फाल्गुन १८, आईतवार २०:२०

जनकपुरधाम, फाल्गुन १८ गते। समाजवादी विद्यार्थी युनियन नेपल ( सवियुने ) को जनकपुर याज्ञवलगम संस्कृत कलेजमा ( ज्ञानकुप ) कलेजमा समिति गठन गरिएको छ।
समाजवादी विद्यार्थी युनियन धनुषा जिल्ला अध्यक्ष रामभगत यादवको अध्यक्षतामा भएको बैठकमा सुमित राउतको नेतृत्वमा ११ सदस्य समिति गठन भएको हो।

समितिको उपाध्यक्ष राजा भण्डारी, सचिव किसन यादव, स.सचिव अभय सिंह, कोषाध्यक्ष आदर्श सिंहलाई चयन गरिएको हो।

त्यसतै समितिका सदस्यमा सदस्य राहुल यादव, प्रशान्त पुर्वे, जयनुल राईन , आयुश कर्ण, अमित मण्डल, आन्नद ठाकुर, रहेको हो। समिति गठनले जनकपुर याज्ञवलगम संस्कृत कलेजमा ( ज्ञानकुप ) कलेजमा समाजवादी विद्यार्थी युनियनको कार्यप्रति थप उत्साह र सक्रियता ल्याउने विश्वास व्यक्त गरिएको छ।

समिति गठनको अवसरमा सदस्यहरुले युनियनको उद्देश्य र अभियानलाई अझ फैलाउने प्रतिवद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर