Advertisement
☰

स्वास्थ्य र राष्ट्रका लागि खेलकुद अपरिहार्य : मन्त्री साह

न्युजडेस्क
२०७७ चैत्र ३०, सोमबार १२:४६

सप्तरी ,चैत्र २८
जनचेतना युवा क्लव,धोगिदाहा अग्नीसाइर कृष्णासवरन गाउँपालिका सप्तरीद्वारा अायोजित ३९ अौं रनिङ शिल्ड फुटबल प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा वोल्नुहुदै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले खेल राष्ट्र र स्वास्थयका लागि उपयोगी भएको वताउनुभएको छ।उहाले खेलकुदले नै राष्ट्रको पहिचान र सम्मान उच्च राख्ने भएकोले खेलमा प्रेरित भएर लाग्नुपर्ने वताउनुभयो।

उक्त रोमाञ्च खेलमा अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा न. ३ प्रथम भए भने गाईघाट टिम दोश्रो स्थान प्राप्त गरेका थिए। कार्यक्रममा बिजेता टिमलाई रु ५१ हजार सहित मेडल र ट्रफी र उपविजेतालाई ३५ हजार सहित मेडल र ट्रफी प्रमुख अतिथिले प्रदान गरेका थिए।
कार्यक्रममा अग्निसाईर कृष्णासवरण गाउपालिका अध्यक्ष र उपाध्यक्ष,वडा अध्यक्षहरुको सहभागिता रहेको भियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर