Qजनकपुरधाम : धनुषाको जनकपुरधाम उप-महानगरका एक वडाध्यक्ष र कार्यालय सहयोगीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
वडा नम्वर १३ का वडाध्यक्ष शुभ नारायण मण्डल र सहयोगी दिलिप कुमार पंजियारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । जनही २४ बिगो कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा उनी दुबै जनामाथि अदालतमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
केहि दिन अगाडी कार्यालय सहयोगी पंजियारलाई २४ हजार घुससहित बर्दिबास अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । उनले वडाध्यक्ष मण्डलकै निर्देशनमा घुस लिएको अख्तियारको दावी छ ।
प्रतिक्रिया दिनुहोस्