अाषाढ १४ गते स्वच्छ समृद्ध तथा हरियाली प्रदेश अभियान अन्तर्गत अाज प्रदेश २ का अाठै जिल्लामा वृक्षारोपण कार्यक्रम समपन्न भएको छ।
सोही कार्यक्रम अन्तरगत धनुषावाट मा. मुख्यमन्त्री लालवावु राउत,सर्लाहीवाट उद्योग,वन तथा पर्यटन मन्त्री मा.रामनरेश राय यादव,सिराहावाट अार्थिक मामिला तथा योजना मन्त्री मा. विजयकुमार यादव तथा सप्तरीवाट सामाजिक विकास मन्त्री मा. नवलकिशोर साहले एकैसाथ वृक्षारोपण गरेका छन।
सप्तरीको डिभिजन वन कार्यालय रुपनी परिसरमा वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै मन्त्री साहले वदलिदो परिवेशमा वन जोगाउनु मुख्य चुनौती रहेको वताउनुभो। मन्त्री साहले वन विनाशकैकारण महामारी जस्ता विपदको सामना गर्नुपरेको वताउनुभयो।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव ईमनारायण श्रेष्ठ, रुपनी गा. पा. का प्रमुख हरेराम यादव,वन मन्त्रालयका उपसचिव हेमन्त साह,जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव, वन अधिकृत रामशिष यादव लगायतका सहभागीता रहेका थिए।













