Advertisement
☰

प्रदेश सांसद यादव द्बारा १८ औं राष्ट्रिय धान दिवस मनाईयो।

न्युजडेस्क
२०७८ असार १५, मंगलवार १६:५०

प्रदेश सांसद रामअशिष यादव प्रमुख आतिथ्य मा शहिदनगर नगरपालिकाको हठिपुर गाउँ मा १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ।

सो अवसरमा प्रदेश सांसद यादव ले कृषि प्रधान देश नेपाल मा किसान समृद्ध नभए सम्म प्रदेश र देश समृद्ध हुन नसक्ने कुरा बताउनुभएको छ।

उहाँले देश र प्रदेश के अार्थिक समृद्धि र अार्थिक विकास का लागि आधुनिक प्रविधि बाट एकिकृत कृषि प्रणालीमा जोड दिनु पर्ने कुरा बताउनुभएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना को संयोजनमा ग्रामीण क्षेत्र हठिपुर गाउँ भएको धान रोपाई कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत, जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, परियोजनाका प्रमुख युगलकिशोर तिवारी, जनकपुरधाम उधोग बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, एन्टी प्लास्टिक म्यान कृष्ण चन्द्र साह, जसपा युवा नेता उमेश निराला, सफल कुर्षक वौएलाल मंडल सहित स्थानीय किसान हरु ले खेतमा धान रोपाई गरि धान दिवस मनाइएका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर