Advertisement
☰

कृषि ज्ञान केन्द्र, धनुषा द्वारा पौडेशवरमा धान दिवस मनाइयो

न्युजडेस्क
२०७८ असार १६, बुधबार ०९:०१

धनुषाका विभिन्न ठाउँमा मंगलबार धान उत्पादनमा वृद्धि: खाध्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” नाराका साथ आज १८औँ धान दिवस मनाइएको छ ।

कृषि ज्ञान केन्द्र, स्थानीय तहहरुका कृषि शाखा र स्थानीय कृषक हरुले धान रोपाई कार्यक्रमको आयोजना गरेर दिवस मनाएका हुन् । कृषि ज्ञान केन्द्र धनुषाको आयोजनामा औरही गाउँ पालिका वार्ड १ पौदेश्वरमा स्थानीय कृषक शत्रोहन यादवको खेतमा धान रोपाई गरेर दिवस मनाइएको छ ।

स्थानीय कृषक, समाजिक अगुवा , सरकारी अधिकारीहरले हिलोमा धान रोप्दै असारे गितको रमाइलोपनाको संदर्भमा चर्चा गरेका थिए । सहभागीहरुले हिलो छ्यापा छ्याप गरेर रमाइलो पनि गरेका थिए ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र, धनुषाका कृषि प्रसार विशिष्ट अधिकृत राजेन्द्र प्रसाद यादवले उत्पादन बढाएर आयात रोक्न कृषकलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहीत गर्ने नीति र योजना संदर्भमा प्रकाश पार्दै किसानलाई धान रोप्ने बेलासम्ममा पनि मलखाद किसानकोमा पुग्ने तालमेल नमिल्नु, कृषि मंत्रालय सम्बन्धित निकाय लगायतकाले तदारुकताका साथमा पहल हुनैपर्नेमा जोडदिएका थिए ।

धान रोपाई कार्यक्रममा प्रदीप कुमार यादव बागवानी बिकास अधिकृत ,अमृत लाल कर्ण बागवानी सखाअधिकृत ,राम लोचन चौधरी ,राजे यादव ,शत्रुधन यादव ,जगदीश यादव सहित स्थानीय किसान हरुले खेतमा धान रोपाई गरि धान दिवस मनाइएका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर