Advertisement

झिटकहिया स्कुल प्रअ सरुवाको बिरोधमा विद्यार्थीहरु आन्दोलित

न्युजडेस्क
२०७८ मंसिर १९, आईतवार २०:०२

जनकपुरधाम, मंसिर १९ गते। धनुषाको औरही गाउँपालिकामा प्रअलाई सरुवा गरेको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

गाउँपालिका वाडा न. १ झिटकहिया रामजानकी माविका प्रअ मदन महरालाई सरुवा गरेको विरोधमा विद्यार्थीहरुले आइतबार बिहान नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । गाउँपालिका अध्यक्ष ब्रम्हदेव यादवले शिक्षामा राजनीति गर्न खोजेको आरोप लगाउँदै सरुवा गर्ने कार्य तत्काल रोक्नुपर्ने माग उनीहरुले गरेका छन ।

प्रअ महराले विद्यालयमा शैक्षिक वातावरण कायम गरेपनि धनुषाधाम नगरपालिकाको किसानपुर माविमा सरुवा गरेपछि विद्यार्थी विरोधमा उत्रेका हुन् । विद्यालयमा व्यवस्थापन समिति गठन गर्न असहज भएकोले प्रअ महरालाई सरुवा गरेर किसानपुरका प्रअ मनोज ठाकुरलाई ल्याउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन ।

विद्यार्थीहरु विरोधमा उत्रेपछि गाउँपालिकाले वार्ताको माध्यमबाट समस्या समाधान गर्न आव्हान गरेको छ । गाउँपालिका अध्यक्ष यादवको उपस्थितिमा सोमबार बिहान दुवै पक्षबीच छलफल हुने एक जना विद्यार्थीले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर