वीरगञ्ज ७ असोज । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सूचनाको आधारमा मंगलवार र बुधवार गरी चारजनालाई लागूऔषध सहित पक्राउ गरेको छ ।
पैदल हिँडिरहेका दुईजनालाई शङ्का लागेर बुधबार दिउँसो २ बजे चेकजाँच गर्दा निजहरूले बोकेको रसभरीको डब्बा भित्रबाट लागू औषध सय एमएलको बिनपिरेक्स सिरप १२० थान बरामद भएको थियो । पक्राउ पर्नेमा बर्दियाका २२ वर्षीय राजेश थारू र चितवनका ३२ वर्षीय सुरेश नेपाली थिए ।
यसअघि हिजो वीरगञ्ज वडा नम्बर १६ शंकर आचार्य दवारबाट लागू औषध ब्यूरो टोलीले पैदल हिडिरहेका सर्लाही लालबन्दीका सुरज पासवान र कञ्चनपुर भीमदत्त नगरपालिका २१ वर्षीय लक्ष्मण विष्टबाट ३.४० ग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्