Advertisement

जनकपुरमा घन्कियो `सिके चोर देश छोरको नारा´

न्युजडेस्क
२०७८ कार्तिक ५, शुक्रबार १५:४५

जनकपुरधाम : जनमत पार्टीका नेतृत्वको संयोजक चन्द्रकान्त राउत (सिके राउत) विरुद्ध प्रदर्शन भएको छ । ‘सिके चोर, देश छोड’ नारासहित जनकपुरधामका इन्जिनियर्स आन्दोलनमा उत्रेका छन् । उनीहरुले ‘सिके चोर, देश छोड’ ‘इन्जिनियर राजेश कुशवाहालाई न्याय देऊ’ भन्दै सडक तताएका हुन् ।

सिके राउत नेतृत्वको कार्यकर्ताले बिहीबार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहा माथि दुव्र्यवहार गर्दै उद्दण्ड मच्चाएको तथा कुटपिट गरी हिलो छयापेर नगर परिक्रमा गराएको विरोधमा उनीहरु विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल इन्जिनियर एशोसिएशन, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, निजामति कर्मचारको आधिकारिक ट्रेड युनियन, नेशनल इन्जिनियर्स एशोसिएशन नेपाल, नेपाल तराई इन्जिनियर्स समाज, मधेशी डेमोक्रेटिभ सोसाइटीले संयुक्तरुपमा प्रदर्शन गरेका छन् ।

इन्जिनियरहरुले पीडित सिडिइ राजेश कुशवाहालाई न्याय देऊ, सिके राउतलाई कारबाही गर, सिके राउतको इन्जिनियर दर्ता खारेज गर भन्दै विरोधमा उत्रेका हुन् । इन्जिनियरहरुलाई सुरक्षाको ग्यारेन्टी गर, घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका छ्न।

यस्तै विभिन्न संगठनले साथै जनता साजवादी पार्टी नेपालको विभिन्न भातृत्री संगठनले कार्वाहीको माग गर्दै बिज्ञेप्ती निकालेका छ्न

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर