Advertisement

प्रदेश सांसद यादवको आमाको स्मृतिमा वृक्ष वितरण

न्युजडेस्क
२०७८ पुष ३, शनिबार १८:३५

जनकपुरधाम, पुष ४ गते। पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादवको अामा दौलतिया देवीको प्रथम पुन्य स्मृतिमा फलफूलको वृक्ष वितरण गरिएको छ।

श्री रामलखन दौलतिया प्रतिष्ठान कनकपटी, जनकपुरधामको अयोजनामा जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ कनकपटी गाउँमा स्थानीयहरूलाई कटहर, अमला को विरुवा वितरण गरिएको छ।

‘Clean Janakpurdham Green Janakpurdham campaign’ लाई गणतव्य सम्म पुर्याउन र वातावरण प्रदूषण नियन्त्रण का लागि वृक्ष वितरण र वृक्षारोपन अभियान जारी रहेको छ।

वृक्ष वितरण कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, जसपा नेपाल का जिल्ला अध्यक्ष पशुपति यादव,उपाध्यक्ष अम्भु प्रसाद साह, पर्यावरण योध्दा बैधनाथ सिंह, जामुन साह,युवा विकास यादव, अमित यादव सहित को सहभागिता रहेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर