Advertisement

निजी विद्यालयमा मात्रै गुणस्तरीय शिक्षा पाउँछ भन्ने भ्रम हो : मन्त्री साह

न्युजडेस्क
२०७८ पुष १६, शुक्रबार ०८:२९

जनकपुरधाम । प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सामुदायिक विद्यालयको अनुपातमा सामुदायिक विद्यालयमा नै गुणस्तरीय शिक्षा पाउ छन आवश्यक रहेको बताएका छन् ।

विहिवार सप्तरीको महादेवा गाउँपालिका–२ स्थित जनता देवनारायण अमलावती माध्यमिक विद्यालयमा आयोजना गरिएको साइकल वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आफु पनि सामुदायिक विद्यालयबाट नै अध्ययन गरेको छु’ उनले भने–‘सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले विभिन्न तालिम प्राप्त गरेर विद्यार्थीहरुलाई पढाउने भएकोले सामुदायिक विद्यालयमा नै गुणस्तरीय शिक्षा पाउँछ ।’

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको अभिभावकहरुलाई समेत चेतनशील हुनु आवश्यक रहेको मन्त्री साहको भनाई छ । अभिभावकले विद्यालय तथा विद्यार्थीको शैक्षिक अवस्थाबारे चासो नलिइरहेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले भने–‘विद्यार्थी, शिक्षक र अभिभावक जिम्मेवार भए शिक्षामा सुधार हुन्छ ।’

सोही कार्यक्रममा मन्त्री साहले विद्यालयमा ५ लाख रुपैयाँ बराबरको फर्निचर सामग्री उपलब्ध गराउने प्रतिवद्धता समेत जनाउनु भयो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दिपक कुमार माझीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपक कुमार यादव, जनता समाजवादी पार्टीका नेता विकास कुमार तिवारी, विद्यार्थी नेता तारकेश्वर यादव लगायतको उपस्थिती थियो ।

सो कार्यक्रममा विद्यालयमा २०७७ सालमा कक्षा ८ को वार्षिक परीक्षामा सम्मिलित ३२ जना छात्राहरुलाई साइकल प्रदान गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर