Advertisement

औरहीको कार्यपालिका सदस्यमा नेपाली काङ्ग्रेसको प्यानल विजय

न्युजडेस्क
२०७९ जेष्ठ १८, बुधबार १५:३९

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका कार्यपालिका सदस्यकाे निर्वाचनमा नेपाली कांग्रेसकाे प्यानल विजयी भएकाे छ ।

६ कार्यपालिका सदस्यकाे लागि मंगलबार भएकाे निर्वाचनमा कांग्रेसका सबै उम्मेदवार दलित वा अल्पसंख्यक सदस्यमा विजयी भएका हुन् ।

३१ मतदाता रहेकाे गाउँ कार्यपालिका सदस्यकाे निर्वाचनमा कांग्रेसका १९, जसपाका ८ र एमालेका ५ मतदाता रहेका थिए । कांग्रेसले एकलै र जसपा र एमालेले गठबन्धन गरेर कार्यपालिका सदस्यकाे चुनाव लडेकाे थियाे ।

६ वडा रहेकाे औरही गाउँपालिकामा नेकपा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, कांग्रेस ४ वडाअध्यक्ष, जसपा २ वडाध्यक्षमा बैशाख ३० गते सम्पन्न निर्वाचनमा जितेकाे थियाे । अब कार्यपालिकामा कांग्रेसकाे बहुमत भएकाे छ । १४ कार्यपालिका सदस्य मध्ये कांग्रेसका १० जना, नेकपा र जसपाका ४ जना मात्र भएका छन् । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर