Advertisement

जसपामा प्रवेशको लहर विभिन्न पार्टी परित्याग दर्जनौं जसपामा

न्युजडेस्क
२०७९ आश्विन ५, बुधबार १२:११


जनकपुरधाम । कमला न. पा वडा नं – ५ लक्कडमा विभिन्न पार्टी परित्याग गरी दर्जनौ-दर्जनको संख्यामा जनता समाजवादी पार्टी मा प्रवेश गरेका छन्।
जसपा वडा अध्यक्ष जितेन्द्र कुमार यादवको अध्यक्षतामा भएको प्रवेश कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी राजनीतिक समिति सदस्य अरुण सिंह र विशिष्ट अतिथि प्रदेश सांसद तथा मुख्य सचेतक मा. शैलेन्द्र कुमार यादव अबिर र दोसल्ला ओढाई नवप्रवेशीहरुलाई प्रवेश गराएका छन्।

उक्त कार्यक्रमको सम्बोधन गर्दै मुख्य सचेतक यादवले बताउनुभयो कि नेपालमा मधेश प्रदेश नै एउटा यस्तो प्रदेश हो जसले सबभन्दा पहिले दलित आयोगको गठन गरेको छ।उहाँले अवगत गराउनु भयो कि मधेशमा जन्म हुने हरेक बेटी लखपतिया बेटी हुनेछन् किनकी मधेश प्रदेशमा जन्म लिने हरेक बेटीको बिमा मधेश प्रदेश सरकारले गर्दै आइरहेको छ।

जनता समाजवादी पार्टी जिल्ला सदस्य ईशराफिल अन्सारी को नेतृत्वमा दर्जनौ-दर्जनको संख्यामा विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपाल मा प्रवेश गरेका छन्।
उक्त पार्टी प्रवेश कार्यक्रमको अतिथि देवेन्द्र खिरहर,जसपा जिल्ला सदस्य ईशराफिल अन्सारी,कमला नगर सदस्य नागेन्द्र यादव, समाजवादी युवा संघ कमला अध्यक्ष राम कुमार साह , समाजवादी ट्रेड युनियन महासंघ प्रदेश स-सचिव सभ्य यादव, समाजवादी नेता राजदेव महरान, कमला नगर युवा सचिव उमेश विराजी, जगत रान, राजेन्द्र मण्डल लगायत स्थानीय वुद्धिजिवी, किसान, महिला, युवा हरु को उल्लेखनीय सहभागिता रहेको

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर