Advertisement

छठअघि सबै रकम भुक्तानी नभए मङ्सिर २७ देखि आन्दाेलन गर्ने उखु किसानकाे चेतावनी

न्युजडेस्क
२०७७ कार्तिक २३, आईतवार २२:०३

काठमाण्डाै – उखु किसानहरूले छठ पर्वअघि सम्पूर्ण रकम भुक्तानी नभए मङ्सिर २७ गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाउँदै उखु किसानहरूले काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेशकुमार मिश्रले किसानमाथि अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो । उहाँले सरकारले बेवास्ता गरेमा मङ्सिर २७ गतेपछि काठमाण्डौको माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने बताउनुभयो ।

स्मरण पत्र बुझेपछि मन्त्री भट्टले बन्द भएका उद्योगकाे जायजेथा बेचेर भए पनि किसानको रकम दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको मिश्रले बताउनुभयो । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर