Advertisement

१० बेड प्राथमिक अस्पताल बघचौडामा मेयर मण्डल द्वारा शिलान्यास

न्युजडेस्क
२०७७ मंसिर १५, सोमबार २०:२४

आज देशभरका बिभिन्न स्थानीय तहहरूमा प्राथमिक अस्पताल शिलान्यास कार्यक्रमहरु आज सप्पन्न भएको हो ।

तत्कालीन सङ्घीय समाजबादी फोरम नेपाल, हालको जनता समाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव जीले स्वास्थ्य मन्त्रालय समाल्दा अंगिकार गरेको नीति अनुसार यो काम भैरहेको थियो मेयर मण्डल ले एक कार्यक्रम बिच जानकारी गरेका थिए। त्यसै क्रममा हंसपुर नगरपालिका पनि १० बेड(शैया) प्राथमिक अस्पताल बघचौडा वडा नं ०२ मा एक कार्यक्रम बीच शिलान्यास कार्यक्रम सम्पन्न भयो।

सरकारले देशका तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणका लागि साेमबार एकैदिन दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको छ । पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले साेमबार एकैसाथ दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको हो ।

कार्यक्रममा सहयोग गर्नु हुने सबैमा धन्यवाद। साथै भाई बहन प्यारका तोहार को हार्दिक शुभकामना पनि दिएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर