Advertisement

जसपाका नेतालाई सनाखतका लागि निर्वाचन आयोगले बोलायो

न्युजडेस्क
२०७८ श्रावण ८, शुक्रबार १४:३८

काठमाडाैं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का बुझाएको कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ ।

आयोगमा बिहीबार बसेको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।दलकाे आधिकारिता विवाद गर्ने प्रयोजनका लागि कार्यकारिणी सदस्यलाई स्वयं उपस्थीत हुन भनिएको छ। दल एकता हुँदा बुझाइएको कार्यकारीणी सदस्यहलाई परिचय खुल्ने कागजातसहित आयोगमा इजलासबाट आदेश भएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको हो ।
उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । जसपामा यादव र अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर