महोत्तरी- नेपालको प्रजातान्त्रिकआन्दोलनका योद्धा दिवङ्गत सुरेन्द्रप्रसाद सिंहको आज सोमबार अन्तेष्टि सम्पन्नभएको छ ।
स्वर्गीय सिंहको पैत्रिकथलो महोत्तरीको मनराशिशवानगरपालिका-२ कट्टीमाहिन्दू वैदिक परम्पराअनुसार अन्तेष्टि सम्पन्नभएको हो । लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या रहँदै आएका सिंहको आइतबार जनकपुरधामस्थितनिवासमा ६५ वर्षको उमेरमानिधनभएको थियो ।

सम्पन्न राजपूत परिवारमा बिक्रम सम्वत २०१३ सालमा जन्मनु भएका सिंह बिद्यार्थीकालदेखि नै निरङ्कुश पञ्चायती ब्यवस्था बिरुद्ध नेपाली काँग्रेसमा आवद्ध रही प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएको थियो ।
महोत्तरीबाट नेपालीकाँग्रेसको महासमिति सदस्य रहनु भएका सिंह २०६४ सालको प्रथम सम्विधानसभा निर्वाचनमा महोत्तरी-४ बाट नेकाको प्रत्यासी हुनुहुन्थ्यो ।विगतमा नेपालीकाँग्रेस महोत्तरीका उपसभापति समेत रही सक्नुभएका सिंह प्रजातान्त्रिक आन्दोलनमा सरिक छँदा पटक/ पटक जेल पर्नु भएको थियो ।

अन्तेष्टिस्थलमा स्वर्गीय सिंह प्रतिश्रद्धाञ्जली व्यक्त गर्न प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्रकुमार यादब, प्रदेश-२ का आन्तरिक मामिला राज्यमन्त्री सरोजसिंह कुशवाहा र बिभिन्न पार्टीका नेतागण उपस्थित रहनु भएको जसपा महोत्तरीका नेता हरि शंकर सिंह ले जानकारी दिनुभयो ।
स्व. सिंहको पार्थिव शरीरमाउहाँका जेठा छोरा रञ्जितकुमार सिंहले मुखाग्नी (दागबत्ती) दिनु भएको हो । स्व. सिंहका पत्नी आशा सिंह, तीन छोरा/ बुहारी र नातिनातिना रहेका छन् ।
उपस्थित हुनु भएका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री मा.सरोज सिंह द्वरा स्वार्गी श्री सुरेन्द्र सिंह ज्यूको पार्थिक शरीरमा माल्यार्पण गर्दै,राज्य मन्त्री कुशवाहा ज्यू ले भन्नु भयो कि आज महोत्तरी ले एउटा सवाल,मितव्ययी तथा समाज को भलो सोच्ने नेता गुमाएको छ भन्दै हार्दिक समवेदना व्यक्त गर्नु भयो।
प्रतिक्रिया दिनुहोस्